बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सर्वोच्चले राजीनामा देउ भनेको छैन: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन १६ गते २२:२४


काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वोच्च प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताएका छन् ।

हिमालय टेलिभिजनको एक कार्यक्रममा अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले राजीनामा देउ नभनेको बताए ।

उनले आफूले राजीनामा दिए सर्वोच्चको फैसलाले अस्थिरता निम्त्याएको देखिने बताए ।

प्रधानमन्त्री ओलीले आफूले गरेको निर्णयले देश चुनावतिर जाने थियो, समस्या समाधानतिर जाने बताए ।

त्यस्तै, उनले आफूले विश्वासको मत लिने बाटो समाउने बताए । यदि विश्वासको मत लिन नसके अन्य बाटो पनि हुनसक्ने बताए ।

उनले आफूसँग अन्य दुई वटा संसदीय र संवैधानिक बाटो रहेको बताउँदै, अझै पनि ६४ प्रतिशतको प्रधानमन्त्री भएकोले अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए ।

त्यस्तै, फागुन २३ गते हुने संसद बैठकमा नेपाली काँग्रेस तथा जसपाले साथ दिने विश्वास गरे । यद्यपि कसैसँग पछिल्लो समयमा सहमति नभएको प्रष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित