शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आइतबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १ जनाको मृत्यु

दैनिक नेपाल २०७७ फागुन १६ गते १६:४१

काठमाडौं, १६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट २ हजार ५३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार ४०७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९६२ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ६२ हजार ९३६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९६२ जना आइसोलेसन र ६८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित