९ कार्तिक २०८३, सोमबार

साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खोल्ने एक जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ फागुन । प्रहरीको साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।

ब्यूरोको नामको फेसबुक पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य गरेको प्रहरीको दाबी छ ।

सामाजिक सञ्जालमा ब्यूरोका प्रतिनिधि बनेर कुरा गर्दै उनले आपराधिक लाभ लिएको एसएसपी अर्यालले बताए । फागुन १३ मा पक्रेर प्रज्वललाई विद्युतिय कारोबार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।