४ कार्तिक २०८३, बुधबार

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १६ फागुन । वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका–१६ नगवा बस्ने दुलाहा १९ वर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ रहेका छन् ।

मुलुकी अपराध संहिताको दफा १७३ विपरीत उक्त मन्दिरमा बालविवाह गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।