४ कार्तिक २०८३, बुधबार

सर्वोच्च पुगेर प्रचण्डले भने– मविरुद्ध यस्तो उडन्ते निवेदन कसरी दर्ता भयो ? (पूर्ण पाठ)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध परेको अवहेलना मुद्दाबारे आफै उपस्थित भएर सर्वोच्च अदालतलाई जवाफ पेश गरेका छन् ।

केहीबेरअघि लिखित जवाफ बोकेर सर्वोच्च अदालत पुगेका प्रचण्डले आफूविरुद्ध उडन्ते निवेदन अदालतमा दर्ता भएको बताएका छन् ।

उनले प्रस्तुत गरेको जवाफको ३ नं. बुँदामा लेखिएको छ, ‘निवेदकले अरोटको काम गरेको हुँदा दलको नाम, ठेगाना समेत अनविज्ञ भएको देखिन्छ । यस्ता उडन्ते निवेदन दर्तासम्म हुन नसक्ने हो ता पनि सम्मानित अदालतको मर्यादाका खातिर आफैं उपस्थित भै जवाफ दिइरहेको छु ।’

उनले जवाफका क्रममा अगाडि लेखेको छन्, ‘प्रधानमन्त्रीले तोकेको निर्वाचन संविधानविरुद्धमा जनतालाई हेप्ने गरी तोकेकोमा म पूर्र्ण विस्वस्त छु ।’ उनको जवाफमा समेत अदालतको अवहेलना हुनेगरी दर्ता हुनै नसक्ने निवेदन किन र कसरी दर्ता गरेको भनेर अदालतप्रति अविश्वास समेत प्रकट गरेका छन् ।

आफूले अदालतको अवहेलना हुने केही नबोलेको दाबी गर्दै उनले आफूविरुद्धको रिट वर्तमान सरकारको नेतृत्वले नै प्रायोजित रूपमा तयार पारेको आरोप समेत लगाएका छन् ।

हेर्नुहोस् पूर्ण पाठ–

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालत पुगेका थिए ।

अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफै उपस्थित हुन आदेश दिएको थियो ।

प्रचण्ड लिखित जवाफ बुझाएर अदालतबाट फर्किएका छन् ।

हेर्नुहोस् भिडियो–