बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भारत र पाकिस्तानबीच संघर्ष विरामको घोषणा

दैनिक नेपाल २०७७ फागुन १६ गते १२:५०

नयाँ दिल्ली, १६ फागुन । भारत र पाकिस्तानले सीमा नियन्त्रण रेखा (एलओसी) मा संघर्ष विरामको घोषणा गरेका छन् ।

भारतीय सेनाको उत्तरी कमान्डले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी गराएका हुन् । त्यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जालमार्फत् संघर्ष विराम भएको पुष्टि गरेका हुन् ।

बीबीसीका अनुसार भारत र पाकिस्तानले २४ र २५ फेब्रुअरी राति नै एलओसीमा संघर्ष विराम घोषणा गरेका थिए । तर, यसबारे हिजो शनिबार मात्रै सार्वजनिक गरिएको हो ।

दुबै देशले एकअर्कालाई विश्वास दिलाउँदै संघर्ष विरामपछि अब काउन्टर टेररिस्ट अपरेशनमा कुनै असर नपर्ने र सतर्कता अपनाइने बताइएको छ भने ती क्षेत्रमा शान्ति कायम हुने विश्वास पनि गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित