शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

फागुन १७ गते इञ्जा डे, पत्रकारहरूलाई पुरस्कार प्रदान गरिने

दैनिक नेपाल २०७७ फागुन १६ गते ९:०२

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) एशिया, च्याप्टरका अध्यक्ष टंक पन्तले फागुन १७ गते तेस्रो स्थापना दिवसका दिन काठमाडौंमा विशेष कार्यक्रम गर्न लागेको जनाएका छन् ।

अध्यक्ष पन्तले विज्ञप्ति जारी गरेर स्थापना दिवसका दिन विभिन्न सञ्चारकर्मीहरूलाई सम्मान गर्ने जनाएका छन् ।

इञ्जाले हरेक वर्ष जनही एक–एक लाख रुपियाँ राशीको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र उत्कृष्ट कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

यस वर्ष इञ्जाले उत्कृष्ट साहित्यिक कृति पुरस्कार साहित्यकार, लेखक पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने भएको छ ।

उत्कृष्ट खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय लोकान्तर डट कमका सुशिल पन्त र नागरिक दैनिकका टपेन्द्र कार्कीलाई प्रदान गरिने भएको छ । इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भने यो वर्ष वझाङका कान्तिपुरकर्मी वसन्तप्रताप सिंह, रुपन्देहीका राष्ट्रिय समाचार समितिकी नीरा गौतम र दोलखाका नेपाल टेलिभिजनकी मन्दिरा थापालाई प्रदान गरिने अध्यक्ष पन्तले बताएका छन् ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनका उपाध्यक्ष एवम् लोकसत्ता डट कमका सम्पादक बाला अधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्रिभुवन विश्वविद्याल पत्रकारिता विभागका पूर्वप्रमुख प्राध्यापक लाल देउशा राईलाई ५१ ह्जार १ सय ११ रुपियांको राशीको इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरिनेछ ।

स्थापनाको छोटो समयमा नै इञ्जाले व्लड क्यान्सरबाट पीडित भएका तेह्रथुमका पत्रकार कमल पौडेलको उपचारमा सहयोग पु¥याउन गोफण्ड र व्यक्तिगत पहलबाट १४ लाख रुपियाँ संकलन गरी पहिलो चरणको उपचार गराएको थियो ।

कोरोना महामारीका समयमा जागिर गुमाएका, तलब नपाई आर्थिक समस्या भोगिरहेका सातै प्रदेशका ८० जना पत्रकारहरुलाई इञ्जाले गत दशैं अगाडि फेलिसिप प्रदान गरी केही भए पनि राहत प्रदान गरेको पन्तले बताएका छन् ।

इञ्जाले हरेक वर्ष मार्च १ लाई आफ्नो स्थापना दिवसको उपलक्ष्यमा भव्यताका साथ काठमाडांैमा मनाउँदै आएको छ ।

सोही अवसरमा यस वर्ष पनि सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा हुने विशेष कार्यक्रमका साथ पत्रकारहरूकै उपस्थितिमा इन्जा डे मनाउन लागिएको पन्तले बताए ।

प्रतिक्रिया
सम्बन्धित