शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चार जना बालिका बलात्कार गर्ने १४ वर्षीय किशोर पक्राउ

दैनिक नेपाल २०७७ फागुन १६ गते ६:५२

गलरिया, १६ फागुन । बर्दिया जिल्लामा एउटै गाउँका ४ जना बालिकालाई बलात्कार गरको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिकाका ४ जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गर्ने ती १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक हप्ताअघि विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका ५–५ वर्षीय २, ६ वर्षीय १ र ८ वर्षीया बालिकालाई ती किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन् ।

किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको खुलेको छ । पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उजुरीपछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित