९ कार्तिक २०८३, सोमबार

गेटा मेडिकल कलेज नजिकै रानाको हत्या

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १५ फागुन । कैलालीको गेटा मेडिकल कलेज नजिकै मृत अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का शिवचरण रानाको हत्या भएको छ ।

शनिबार बिहान चार बजे पसलबाट घरतर्फ फर्किरहेको मौका छोपेर हत्या गरिएको आशंका प्रहरीको छ ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना बिहान भैँसी दुहुन घर फर्किने गरेका थिए ।

रानालाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको हुनसक्ने स्थानीयको भनाइ छ । घटनाको निष्पक्ष छानविनको माग उठेको छ ।

राना मृत भेटिएकै स्थानमा उनी सवार साइकल समेत फेला परेको छ ।