शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रतिनिधिसभा पुनर्स्थापनाले सांसदहरु किनबेच हुने खतरा बढ्यो: मन्त्री ज्ञवाली

दैनिक नेपाल २०७७ फागुन १५ गते १९:३९

काठमाडौँ, १५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनाले सांसदहरुको किनबेच हुने खतरा बढेको बताए ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए ।

उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौँ। हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौँ । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौँ । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ। हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?’

त्यस्तै, उनले राजनीतिको गलत प्रभाव देशको अर्थतन्त्र तथा विकासमा पर्न थालेको पनि बताए ।

गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको उनले बताए । तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको उनको दावी थियो ।

प्रतिक्रिया
सम्बन्धित