४ कार्तिक २०८३, बुधबार

३ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १५ फागुन । बागमती गाउँपालिका–२ सानुबगह आलेडाँडाका ५० बर्षीय वीरबहादुर लोप्चन ३ थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

लोप्चनको घरमा झै–झगडा भएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी शिवराई गाँउबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाई राखेको अवस्थामा शुक्रबार राति उक्त बन्दुक फेला पारी पक्राउ गरेको बताइएको छ ।