४ कार्तिक २०८३, बुधबार

बलात्कारीलाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर, १५ फागुन । महिला हिंसा अन्त्य गर भन्दै आज शनिबार बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ ।

आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने संगठनको कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मी कुमारी हमालले बताइन् ।

केही समयअघि नेपालगञ्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको भन्दै बाँकेमा नियमित जस्तै विरोध प्रदर्शन भइरहेका छन् ।

राप्रम संगठन कोहलपुर नगर कार्यसमितीकी अध्यक्ष लक्ष्मीकुमारी हमालको नेतृत्वमा कोहलपुरको एनसीसीएन निस्किएको विरोध र्याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदी, मिडिया नेपालका सुदुरपश्चिम सह संयोजक पुरु दाहाल लगायत नगरका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।