बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

केपी ओलीसँग एकता हुन सक्छ : प्रचण्ड

दैनिक नेपाल २०७७ फागुन १५ गते १४:५९

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’प्रधानमन्त्री ओलीसँग एकता हुनसक्ने बताएका छन् ।

तर, विचारमा एकता भएपछि मात्र पार्टी एकता हुने अडानमा प्रचण्ड छन् । शनिबार ललितपुरको जावलाखेलमा आयोजित दाहाल–नेपाल निकट शिक्षकहरूको राष्ट्रिय भेलामा दाहालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको भन्दै विचारमा एकता भएपछि मात्रै ओलीसँग एकता हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग फेरि सहमति व्यक्तिगत रुपले नभई विचारगत रुपले हेर्नु पर्ने दाहालको भनाइ छ । आफूहरुको विचारमा एकता भए मात्र फेरि एकता हुन सक्ने उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित