४ कार्तिक २०८३, बुधबार

कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप एमसीसी पारित हुनुपर्छ : खनाल सचिवालय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालयले एमसीसी कार्यदलले तयार पारेको प्रतिवेदनअनुरुप मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने स्पष्ट पारेको छ ।

शनिबार स्वकीय सचिव कृष्ण भट्टराईले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनाल एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित पारित हुनुपर्ने बताएको छ ।

एमसीसी संसदबाट पास हुन्छ भनेर झलनाथ खनालले कहीँकतै नभनेको दाबी गर्दै भट्टराईले विज्ञप्ति निकालेको हो । यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा खनालले अब चल्ने संसदबाट एमसीसी पारित हुने बताएको समाचार सार्वजनिक भएको थियो ।

‘केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको अडानलाई विचलित तुल्याउने गरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतः अफवाहमा आधारित छ ।’