शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मष्तिष्कघातको उपचार गराइरहेका कांग्रेस नेता जोशीको कस्तो छ स्वास्थ्यवस्था ?

दैनिक नेपाल २०७७ फागुन १५ गते १३:०९

काठमाडौं, १५ फागुन । मष्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था स्थिर रहेको छ ।

जोशीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जोशीको शरीरको बायाँ पाटो पूरै पक्षघात भएको छ । दायाँतर्फको हातखुट्टा भने आज शनिबार बिहानदेखि आंशिक रुपमा चल्न थालेको पनि अस्पतालले जनाएको छ ।

यसअघि शुक्रबार जोशीको मष्तिष्कबाट रगत निकालिएको थियो ।

बिहीबार राति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुरूमा वीर अस्पताल लगिएको थियो । ब्रेनह्यामरेज भएको पुष्टि भएपछि त्यहाँ माइनर शल्यक्रियापछि उनलाई शुक्रबार बिहान नर्भिक अस्पताल पुर्याइएको हो ।

प्रतिक्रिया
सम्बन्धित