४ कार्तिक २०८३, बुधबार

नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिका लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । राष्ट्रिय आकांक्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

विकासशील देशमा सिफारिस भएसँगै नेपालले अब सन् २०२६ अर्थात् अबको ५ वर्षमा विकासशील राष्ट्रको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क सुधार गर्नुपर्ने प्रावधान छ ।