शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भागीरथ चलाउनेको ‘फलाम पिटेर तरबार’ ट्रेण्डिङमा उक्लियो

दैनिक नेपाल २०७७ फागुन १५ गते ११:५३

काठमाडौं । गायक भागीरथ चलाउन र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘फलाम पिटे तरबार’ बोलको लोक दोहोरी गीत ट्रेण्ड्रिङमा उक्लिएको छ ।

गायक चलाउनेले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका छन् । गीतको शब्द र संगीत चलाउनेकै हुन् । गायक चलाउनेका गीतहरू निकै रुचाइएकामा पर्छन् ।

लामो समयपछि गायक चलाउनेले उत्कृष्ट गीत ल्याएको चर्चा छ । गायक चलाउने पनि आफ्नो नयाँ गीत ‘फलम पिटे तरबार’ बोलको गीतबाट उत्साह थपिएको बताएका छन् ।

म्युजिक भिडियोमा अशिरप्रताप जंग र लोसिना लामिछानेको अभियन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित