४ कार्तिक २०८३, बुधबार

विद्यालयमा आगलागी हुँदा १ करोड बढीको क्षति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, १५ फागुन । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ ।

विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर आगलागी सुरु भएको हो । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीमा १ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले बताएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने विद्यालयले जनाएको छ ।