शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेस सह–महामन्त्री डा.महतद्वारा छहरे महोत्सवको उद्घाटन

दैनिक नेपाल २०७७ फागुन १५ गते ७:१३

छहरे, १५ फागुन । नुवाकोट जिल्लाको लिखु गाउँपाकिाको लिखु बजारमा प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला २०७७ शुरु भएको छ ।

छहरे बजारमा शुक्रबारबाट सुरुभएको महोत्सवको नेपाली काग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले उदघाटन गरेका हुन । महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।

समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, स्थानीय संस्कृति, लोककला, संस्कृतिको संरक्षण भन्ने नाराका साथ सुरु भएको हो ।

डा.महतले ग्रामीण भेगमा आयोजित महोत्सवले स्थानीयवासीको उत्पादन पहिचान तथा प्रवर्द्धन गर्न मद्धत पुग्ने बताए ।

डा.महतले नेपाली कांग्रेस कसैको पिछलग्गु बनेर सरकारमा नजाने बताए । उनले आगामी निर्वाचनमा जितेर कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका छन ।

डा.महतले कम्युनिस्टहरूले कुरामा मात्र समृद्धि को कुरा काममा केही नगर्ने तेसैले अबको निर्वाचनमा कांग्रेस लाई जिताउन आग्रह ।

उनले काठमाडौ छहरे सुरुङ मार्ग योजना नेपाली कांग्रेस सरकार कै पालामा बनेको साथै अबको चुनावपछि बन्ने नेपाली कांग्रेस कै सरकारले सुरुङ मार्ग निर्माण गर्ने बताए ।

प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले महोत्सववाट स्थानीयवासीले वजार पहिचान तथा प्रबर्द्धन उपायहरु हासिल गर्ने वताए ।

महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृतिको संरक्षण, तथा प्रबर्द्धनका साथै शिवपुरीको सूर्यचौरदेखि प्याराग्लाइडिङ तथा महोत्सवस्थलदेखि गोसाइकुण्डसम्म हेलिकप्टर यात्रा प्रमुख आकर्षण रहेकोे महोत्सवका संयोजक शेरबहादुर केसी ‘सानुले जानकारी दिएका छन ।

महोत्सवको सुरु भएसंगै पर्यटकिय छहरेको लिखु बगर दुलही झैं सिँगारिएको छ । महोत्सवमा एक सय ५० स्टल रहेको छ ।

स्टलहरूमा स्थानीय उत्पादन, तरकारी, फलफ२ल, अन्नवाली तथा कपडा, जुत्ता, हस्तकला, स्थानीयवासीले उत्पादन गरेका फलामे हतियार तथा औजारहरु राखिएका छन् । महोत्सवमा राखिएका स्टलमा सजाइएका विभिन्न सामग्रीको सहभागी हजारौंको आकर्षण रहेको आयोजक लिखु गाउंपालिकाले जनाएको छ ।

महोत्सवमा वजारीकरणका साथै स्थानीय मौलिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र जगेर्ना गराउने कार्य भइरहेका छन् । राष्ट्रिय कलाकारहरूले विविध प्रस्तुतिहरू दिइरहेका छन् ।

महोत्सवमा मनोरञ्जन तथा बाल उद्यान, झाँकीको प्रस्तुतिदेखि कलाकारको सहभागिता जारी रहेको संयोजक सानु केसीले बताएका छन् । महोत्सव अवधिभरका लागि विशेष सुरक्षाको तयारी गरिएको छ ।

महोत्सव अवधिमा लोक तथा दोहोरी क्षेत्रका ख्यातिप्राप्त कलाकारले दर्शकमाझ मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । सो अवधिमा गायक/गायिका बद्री पंगेनी, नवराज घोरासैनी, समीक्षा अधिकारी, प्रतीमा अर्याल, रविन लामिछाने, नेत्र भण्डारी, डिला बिक, चन्द्र शर्मा, टीका सानू, उद्धव कार्की, स्मृति गौतम, मीना बुढाथोकी, प्रनीष तामाङको सहभागिता रहनेछ ।

महोत्सवमा चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक सरोज लामिछाने, कुमार कट्टेल जिक्री, अर्जुन घिमिरे पाँडे, अमृता लुङ्गेली, बबिता बानियाँ, रमेशराज भट्टराई, बिमलराज क्षेत्री, पुर्खे बा, लोक गायक पशुपति शर्मालगायतले प्रस्तुति गर्ने आयोजकले जनाएका छन् ।

राधिका हमाल, अमृत खाती, उमा श्रेष्ठ, प्रदीप रोक्का, अमृता लामिछाने, मदन थापा, कुशल बेलवासे, सीता खपाङ्गीमगर, रेशम थापा, इन्दिरा गुरुङ, प्रिती आले, करण लामा, दिनेश लामा लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई सह–महामन्त्री डा.महतका साथै कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सांसद एवं बहादुरसिंह लामा, प्रदेश सांसद कल्पना नेपाली, पूर्वसांसदद्वय रामहरि खतिवडा र राजीव बिक्रम शाह, वीना महतलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित