शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

शुक्रबार थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज, ४ जनाको मृत्यु

दैनिक नेपाल २०७७ फागुन १४ गते १६:२५

काठमाडौं, १४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११२ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ३ हजार ९४४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार २७७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७१ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९३६ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ५७ हजार ५८० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९३६ जना आइसोलेसन र ७१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित