शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराइलाई नियुक्त

दैनिक नेपाल २०७७ फागुन १४ गते १४:४९

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।

प्रचण्ड–माधव समूहका नेता देव गुरुङलाई सचेतकबाट हटाएर भट्टराइलाईलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

शुक्रबार प्रदेश १ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले आफूले नेता देव गुरुङलाई धन्यवाद दिँदै विशाल भट्टराइलाई नियुक्त गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित