
काठमाडौं, १४ फागुन । पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
गएराति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएकोमा शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुर्याइएको थियो । उनलाई ब्रेनह्यामरेज भएको छ ।
वीर अस्पतालमा डा. भुपेन्द्र बस्नेतको टोलीले माइनर अप्रेसन गरेपछि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लगिएको छ ।
चिकित्सककाअनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो । त्यसलाई शल्यक्रिया गरेर पनि निकाल्न नसक्ने चिकित्सकले बताएका छन् ।















प्रतिक्रिया