४ कार्तिक २०८३, बुधबार

अभिनेता पल शाहविरुद्ध पर्यो प्रहरीमा उजुरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । अभिनेता पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो सुटिङका लागि धरान पुगेका पलले आफूलाई आक्रमण गरेको आरोप लगाउदै प्रधानले उजुरी दिएको बताइएको छ ।

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको बताएका छन् ।

उजुरी परेपछि प्रहरीले आज शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।