शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

महिला लघुवित्तको आईपीओ बाँडफाँड, १४ लाख ८१ हजार भन्दा बढीको हात खाली

दैनिक नेपाल २०७७ फागुन १४ गते ११:०२

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ ।

संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँड भएको हो । माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट गरिएको आईपीओ ३७ हजार ५०० जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका छन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरू खाली हात फर्किएका छन् ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो ।

नतिजा हेर्न आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, विक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको मेरो शेयरमार्फत मात्र नतिजा हेर्न सकिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित