मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

यस्ती छिन् अभिनेत्री भाग्यश्री

दैनिक नेपाल २०७७ फागुन १४ गते ७:४२

मुम्बई । बलिउडमा सन् १९८९ मा रिलिज भएको फिल्म मेने प्यार कियाले दर्शकका सामू एउटी सुन्दर अभिनेत्री भाग्यश्रीलाई पेश गर्‍यो ।

यो फिल्ममार्फत् उनले बलिउडमा कदम राखिन् र रातारात स्टार बनिन् । पहिलो फिल्मकमा लागि उनले बेस्ट फिमेल डेब्यूको फिल्मफेयर अवार्ड पाइन् । २३ फेब्रुअरीमा भाग्यश्री ५२ वर्ष पुगेकी छिन् । यो उमेरमा पनि भाग्यश्रीको सुन्दरता र फिटनेस आज पनि त्यस्तै छ जुन ३२ वर्ष अघि थियो ।

भाग्यश्री सोसल मिडियामा आफ्नो फिटनेस भिडियो सेयर गरिरहन्छिन् । यसमा नायिकालाई हेरेपछि उनी ५२ वर्ष पुगिसकिन् भनेर पत्याउन गाह्रो छ । भाग्यश्रीको वर्कआउट भिडियामा विभिन्न प्रकारको वर्कआउट समावेश हुन्छन् ।

यसबाहेक भाग्यश्री योग र डेडिकेटेड जिम र्याट स्ट्यामिना बिल्डिङ व्यायाम पनि गर्छिन् । उनको यो फिटनेस रुटिनमा श्रीमान् हिमालय दस्सानी पनि बराबर भाग लिन्छन् । भाग्यश्रीले यस्ता भिडियो पनि सेयर गरेकी छिन् जसमा उनी हिमालय दस्सानीसँग निकै गाह्रो व्यायाम गरिरहेको पनि देखिएकी छिन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित