बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

राष्ट्रिय सभामा ‘झ्यालबाट’ छिरेका वामदेवले मागे अध्यक्ष, गुट बनाएर नेकपाभित्र मन्द्राउँदै

दैनिक नेपाल २०७७ फागुन १४ गते ७:३४

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र ढुलमुले नीतिका साथ अवसर लिँदै आएका वामदेव गौतमले अध्यक्ष पद खोजेका छन् ।

गौतमले प्रतिनिधिसभा पुनःस्थापना भएपछि नेकपामा अध्यक्ष पदको दाबी गरेका हुन् ।

पुष्पकमल दाहालसँग बिहीबार खुमलटारमा भएको भेटमा गौतमले आफूलाई पनि अध्यक्ष बनाउन माग गरेको जनाइएको छ ।

पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाइ गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको छ ।

गौतमले बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरूलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित