बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

यी हुन् दुई लाख घुस खाने भ्रष्ट सरकारी कर्मचारी

दैनिक नेपाल २०७७ फागुन १४ गते ६:५८

विराटनगर, १४ फागुन । औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी घुसवापत लिएको दुई लाख रुपैयाँसहित बिहीबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले सुवेदीलाई घुसवापत रकम लिँदै गर्दा बिहीबार रंगेहात पक्राउ गरिएको जानकारी दिए । मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका २४ वर्षीय सुवेदी विभागको करारमा कार्यरत थिए ।

तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मोराहाङमा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका औषधि व्यवसायीसँग दुई लाख रुपैयाँ घुस लिएका हुन् । औषधि पसलमा उपचार गराएका एक पुरुषको गत वैशाख ५ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित