शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गीतकार गणेश उप्रेतीको “नजर को गुलेली” म्युजिक भिडियो सार्वजनिक

दैनिक नेपाल २०७७ फागुन १३ गते १५:१२

काठमाडौँ । अहिलेकी चर्चित गायिका रचना रिमालको सुमधुर आवाजमा सजिएको गीत “नजरको गुलेली” म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू–टुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गणेश उप्रेतीको शब्द रहेको गीतमा संगीत बिराट कडरिया तथा एरेन्ज पुरुशोत्तम सुबेदीले गरेका छन् ।

त्यस्तै, गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बुको जिबन्त अभिनय रहेको छ भने यस म्युजिक भिडिओलाई जिबन बुढाथोकीले निर्देशन गरेका छन् भने सम्पादन तथा छायान्कन सुभाश लिम्बु गरेका छन् । यो म्युजिक भिडियो गाउँले परीबेशमा आधारित रहेर निर्माण गरिएको छ ।

मन छुने कथामा आधरित यस गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बु यस गीत मार्फत प्रेम जोडीको रुपमा देखा परेका छन् । निर्माण पक्षले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ ।

यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लाइदेउ माया ” “लगन जुरेर ” “ तिम्रो दिलको ” जस्ता गीत एकपछि अर्को गर्दै गीतहरु सार्वजनिक भाईसकेका छन् ।

हेर्नुहाेस् भिडियाे:

प्रतिक्रिया
सम्बन्धित