शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

उपहार पर्यो भन्दै ठगी गर्ने तीन जना पक्राउ

दैनिक नेपाल २०७७ फागुन १३ गते १३:४४

काठमाडौं, १३ फागुन । उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा पर्साका दिपककुमार दुबेलगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ मा बसोबास गर्दै आएका पर्सा पोखरिया नगरपालिका–७ का २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ । उक्त घटनाको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित