शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत काठमाडौंबाट पक्राउ

दैनिक नेपाल २०७७ फागुन १३ गते १३:३६

काठमाडौं, १३ फागुन । लिखतसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियार पक्राउ परेका छन् ।

चितवनको भरतपुर नगरपालिका–११ स्थायी घर भएका परियार काठमाडौंबाट पक्राउ परेका हुन् । काठमाडौंमा उनी तारकेश्वर नगरपालिका–६ बस्दै आएका थिए ।

५७ वर्षीय अधिकृत परियारको समेत संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ लिखतसम्वन्धी कसूर गरेको अरोप उनलाई लागेको छ ।

सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित