४ कार्तिक २०८३, बुधबार

बिहीबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाली बजारमा आज बिहहीबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेक्ँे छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ३०० र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो बुधबार पनि सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको थियो ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने केही वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार भने चाँदीको मूल्य केही घटेको थियो ।