मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कांग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुन्छ : लालबाबु पण्डित

दैनिक नेपाल २०७७ फागुन १३ गते १२:२३

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताएका छन् ।

बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर अगाडि बढ्दा कम्युनिष्टलाई विश्वास गरेर पाएको जनमतको अपमान हुने उनको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पण्डितले लेखेका छन्, ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन ।बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुदैन । यो जनमतको अपमान हुने भएकाले कहीँ यस्तो अवस्था नआओस । मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु ।’

उनले पार्टीभित्रको विवाद समाधान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । एकताको सम्भावना अझै जिवितै रहेको नेता पण्डितको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित