बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हेटौंडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

दैनिक नेपाल २०७७ फागुन १३ गते १२:०९

हेटौंडा, १३ फागुन । जिल्लाको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको सफारी रिक्सालाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो र चिकित्सकले डाक्टरले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित