शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चीनको ‘एजेन्ट’ बनेर खुमलटार पुगे गौतम, यस्तो छ ओलीलाई हटाउने प्रस्ताव

दैनिक नेपाल २०७७ फागुन १३ गते १०:५४

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँद तटस्थ बसेका वामदेव गौतमले आफूलाई सक्रिय बनाएका छन् ।

गौतमले बिहीबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नयाँ सरकारबारे छलफल गरेका छन् । गौतमले नेपाली कांग्रेससँग मिलेर सरकार नबनाउन दाहाललाई दवाव दिएका हुन् ।

खुमलटारस्थित दाहाल निवासमा भएको भेटवार्तामा गौतमले कांग्रेससँग नमिल्न दाहाललाई दवाव दिएका छन् ।

स्रोतका अनुसार दाहाललाई गौतमले केपी ओलीलाई सम्मानजनक रुपबाट प्रधानमन्त्रीबाट हटाएर कम्युनिस्टहरू मिलेर सरकार बनाउन अनुरोध गरेका हुन् ।

गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गर्न सकिने र त्यसबारे छलफल चलाउन दाहालसँग आग्रह गरेका छन् ।

संसद पुनःस्थापना भएपछि गौतमले आफूलाई सक्रिय बनाएका हुन् । गौतमले ओलीको राजीनामा पनि सार्वजनिक रुपमा मागेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग गोप्य भेटवार्ता गर्दै आएका गौतमले चीनको दवावमा काम गर्ने गरेको आरोप पनि छ । तर, गौतमले चीनको दवावमा आफूले कुनै काम नगरेको भन्दै आएका छन् ।

चीनले नेकपाका नेताहरूलाई मिल्न दवाव दिँदै आएको छ । नेकपाका नेताहरूनै मिलेर सरकार बनाउनुपर्ने पक्षमा चीन छ ।

प्रतिक्रिया
सम्बन्धित