६ मंसिर २०८३, आइतबार

ओली समूहको स्थायी कमिटी बैठक अचानक स्थगित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बस्ने गरी बुधबार स्थायी कमिटी बैठक सकिएको थियो ।

स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलका अनुसार आज बस्ने स्थायी कमिटी बैठक स्थगित भएको जानकारी आएको छ ।

बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसँग पनि परामर्श गर्नेबारे स्थायी कमिटीमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए ।