शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित, एक पटक लगाए पुग्ने

दैनिक नेपाल २०७७ फागुन १३ गते ८:२४

लण्डन, १३ फागुन । एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन ९एफडिए० ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने सम्भावना छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् ।

यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ । फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ । अहिले स्वीकृति पाएको जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्छ ।

फाइजर र मोदेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ । यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ ।

जोन्सन एण्ड जोन्सनले गएको जनवरीमा मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले गरेको परीक्षणमा देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित