शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गायिका अन्जु पन्तले थिर कोइरालासँग गरिन् विवाह

दैनिक नेपाल २०७७ फागुन १२ गते २१:४७

काठमाडौँ, १२ फागुन । गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् ।

पन्तले वुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा विवाहपछि अन्जुले विवाहको भिडियो राख्दै ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् ।

अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

विवाहमा सिमित आफन्त तथा साथीहरु मात्रै बोलाइएको जनाइएको छ ।

मनोज राजसँगको सम्बन्ध विच्छेदको करिब एक दशकपछि पन्तले विवाह गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित