शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-नेपाल पक्षको प्रस्ताव

दैनिक नेपाल २०७७ फागुन १२ गते १३:३९

काठमाडौँ, १२ फागुन । प्रचण्ड माधव पक्षको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

ओलीबाहेकमा सहमति गरेर अघि बढ्नुपर्नेमा प्रचण्ड–नेपाल पक्ष लागि परेका छन् ।

यद्यपि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमा सहयोग गर्ने लगायतका शर्त राखिएका छन् ।

त्यस्तै, सातै प्रदेशमा कांग्रेसको समर्थनमा नेकपाको सरकार हुनुपर्ने शर्त सारिएको छ । स्रोतका अनुसार देउवाले उक्त शर्तलाई मानिसकेका छैनन् ।

प्रचण्ड–देउवाबीच भएको टेलिफोन संवादका क्रममा नै यस्तो विषयमा कुराकानी भएको थियो। थप छलफलका लागि प्रचण्ड–नेपाल देउवा निवास बुढानिलकण्ठमा छन् ।

प्रतिक्रिया
सम्बन्धित