३ कार्तिक २०८३, मंगलबार

भागीरथ–सुनिताको स्वरमा ‘फलाम पिटे तरबार’ रिलिज

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक भागीरथ चलाउन र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘फलाम पिटे तरबार’ बोलको लोक दोहोरी गीत ल्याएका छन् ।

गायक चलाउनेले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका छन् । गीतको शब्द र संगीत चलाउनेकै हुन् । गायक चलाउनेका गीतहरू निकै रुचाइएकामा पर्छन् ।

लामो समयपछि गायक चलाउनेले उत्कृष्ट गीत ल्याएको चर्चा छ । गायक चलाउने पनि आफ्नो नयाँ गीत ‘फलम पिटे तरबार’ बोलको गीतबाट उत्साह थपिएको बताएका छन् ।

म्युजिक भिडियोमा अशिरप्रताप जंग र लोसिना लामिछानेको अभियन रहेको छ ।