बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्ससँग साउथह्याम्पटन पराजित

दैनिक नेपाल २०७७ फागुन १२ गते १०:३८

लण्डन, १२ फागुन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लीड्स युनाइटेड विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लीड्सले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो।

लीड्सका लागि ४७ औँ मिनेटमा प्याट्रिक बामफोर्ड, ७८ औँ मिनेटमा स्टूआर्ट डालास र ८४ औँ मिनेटमा राफिन्हाले गोल गरेका हुन् ।

जितपछि २५ खेलबाट ३५ अंकसहित लीड्स १० औँ स्थानमा उक्लिएको छ । ३० अंकसहित साउथह्याम्पटन १४ औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित