६ मंसिर २०८३, आइतबार

दाहाल–नेपाल समूहले बोलायो संदीय दलको बैठक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार दाहाल–नेपाल समूहले दलको बैठक साँझ ४ बजेका लागि बोलाएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको एक नेताले बताए ।

संसदीय दलको बैठकअघि दाहाल–नेपाल समूहले दिउँसो १२ बजे काठमाडौंको शान्तिवाटिकामा विजय जुलुस गर्दैछ ।