बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वामदेवले बुधबार ठाउँको ठाउँ रंग बदले

दैनिक नेपाल २०७७ फागुन १२ गते १०:००

काठमाडौं, १२ फागुन । राष्ट्रिय सभाका सांसद एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् ।

बुधबार गौतमले विज्ञप्ति जारी गरेर ओलीले ढिला नगरी तुरुन्त प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् । राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने उनले बताएका छन् ।

सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै उक्त निर्णय बदर गरिदिएको थियो । यस विषयमा प्रतिक्रिया दिँदै गौतमले अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पार्टीको सचिवालय बैठक बोलाउन पनि आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । अदालतल संसद विघटनको निर्णय असंवैधानिक ठहर गरेको भन्दै गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारीताको पराजय तथा संविधान कानून लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो ।’

‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो । प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ’, उनले भनेका छन ।

‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो’, उनले भने, ‘यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु ।’

‘राष्ट्रपति महोदयले प्रेष विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्छ’, गौतमले भनेका छन ।

‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनुपर्छ’, गौतमले भनेका छन ।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसंग तुरुन्तै सचिवालय वैठक धुम्वाराहीस्थित केन्द३ीय कार्यालयमा बोलाउन अनुरोध गर्छु’, गौतमले भनेका छन ।

संसद पुनःस्थापना नहुँदासम्म चुपचाप बसेका गौतमले सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसला भएपछि ओलीविरुद्ध बोल्न थालेका छन् । गौतमले प्रचण्ड–माधव नेपाल समूहलाई फाइदा हुने गरेर गतिविधि गर्न थालेका छन् । गौतमको यो हर्कतलाई रंग बदलेको भनेर नेकपाका नेताहरूले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित