काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी नेकपाको स्थायी समितिको बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतद्वारा संसद भङ्ग गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई खारेज गरेर संसद पुनःस्थापना गरेपछिको अवस्थाका बारेमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो ।
नेकपाको बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्नेछ । बैठकका लागि सबै स्थायी समिति सदस्यहरूलाई खबर गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचनको घोषणा गरेका थिए । ओलीको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको थियो ।











प्रतिक्रिया