बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

पोखरामा बावुको हत्या गर्ने छोरा पक्राउ

दैनिक नेपाल २०७७ फागुन १२ गते ७:३६

पोखरा, १२ फागुन । कास्की जिल्लामा भ–याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् ।

अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका ३२, महकुना बस्दै आएका ३४ वर्षी रामकृष्ण कामीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय डाँडाकोनाकको प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

गत आइतबार ५८ वर्षीय बाबु जुमबहादुर कामीको घरकै भ(याङबाट खसेर मृत्यु भएको भन्ने खबर आएपछि प्रहरीले गहिरो अनुसन्धान गरेको थियो ।

प्रहरी समक्ष बयान क्रममा रामकृष्णले घरायसी सामान्य विवादमा ढोकाको गजबारले टाउकोमा हानेर हत्या गरेको स्वीकारेको डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित