४ कार्तिक २०८३, बुधबार

मंगलबार थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज, ४ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११० जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर ३ हजार २१८ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५३३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ५३३ जना आइसोलेसन र ६५ जना क्वारेन्टिनमा छन् ।