४ कार्तिक २०८३, बुधबार

राजनीतिक रुपमा शान्ति र स्थिरताका निम्ति निर्वाचन आवश्यक : कमल थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।

संसद विघटनसम्वन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव वेश हुने बिचार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यका निमित्त पनि निर्वाचन आवश्यक भएको थापाको धारणा छ । ‘अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन, कांग्रेसले सत्ताको लोभ देखायो भने कंग्रेस पनि जनताको नजरबाट खस्नेछ,’ गृहजिल्ला मकवानपुरमा टोल–टोलमा राप्रपा अभियान सञ्चालन गरिरहेका थापाले आज हेटौंडा–१३ को पदमपोखरिमा आयोजित कार्यक्रममा भने, ‘निशेधको राजनितिले मुलुकलाई संकटतर्फ लैजान्छ ।’ त्यसकारण उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

थापाले विगत १४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकाले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिँदै स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताए ।

निशेधको राजनीति परित्याग गर्नुपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकाले त्यो भारी बिसाउनु पर्नेमा समेत जोड दिएका छन् ।

‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौ, जुन सहमतिको आधामा होस्,’ थापाले भने । भ्रष्टाचार, बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई थप अधोगतितर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताएका छन् ।