शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सर्वोच्च अदालतले जुन फैसला गरे पनि सरकारलाई स्वीकार्य : उपप्रधानमन्त्री पोखरेल

दैनिक नेपाल २०७७ फागुन ११ गते १३:२५

चितवन, ११ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले जुन फैसला गर्छ त्यो सरकारलाई स्वीकार्य हुने बताएका छन् ।

ओली समूहनिकट प्रेस संगठन चितवनले आज मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री पोखरेलले सर्वोच्च अदालतले जुन फैसला गर्छ त्यसलाई शिरोधार्य गर्नुको विकल्प नभएको समेत बताएका छन् ।

सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै पोखरेलले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने जिकिर गरेका छन् ।

निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले जनमतमार्फत् सबैको हित हुने दाबी गरेका छन्् ।

पोखरेलले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित