शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एनआरएनए अध्यक्ष पन्तद्वारा सञ्चारमन्त्री गुरुङसँग भेटवार्ता

दैनिक नेपाल २०७७ फागुन ११ गते १२:५५

काठमाडौं, ११ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ता समसामयिक विषयहरुमा केन्द्रित भएको बताइएको छ । भेटका अवसरमा अध्यक्ष पन्तले संघका गतिविधिहरुका बारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

सो अवसरमा पन्तले नेपाल सरकारले संघप्रति देखाएको सदासयताका लागि आभार प्रकट गरेको बताइएको छ ।

सो अवसरमा मन्त्री गुरुरूले संघले स्थापना गर्न लागेको ‘एनआरएन डेभलपमेन्ट लिमिटेड फन्डबारे जिज्ञाशा राख्दै आईटी सेक्टरमा लगानी गर्न सुझाव दिएका छन् ।

उनले नेपाल सरकारले भर्खरै प्रारम्भ गरेको नागरिक एपबारे जानकारी गराउँदै यसमा गैरआवासीय नेपालहरुलाई कसरी समायोजन गर्न सकिन्छ भन्नेतर्फ संघलाई बिचार गर्न अनुरोध गरे ।

भेटवार्तामा संघका उपाध्यक्ष डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित