बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बसन्तीले गरिन् श्रीमानको हत्या

दैनिक नेपाल २०७७ फागुन ११ गते १२:४०

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरकी एक महिलाले कुटपिट गरी आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले आफ्ना श्रीमान् २९ वर्षीय ओमबहादुर चौधरीको हत्या गरेकी हुन् ।

बसन्तीले कुटपिट गरी फरुवा प्रहार गरी आफ्नै घरमा श्रीमानको हत्या गरेको प्रहरीले बताएको छ । घटनाको सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले हत्यारा चौधरीलाई आज मंगलबार बिहान पक्राउ समेत गरिसकेको छ ।

चौधरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित