शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आजदेखि

दैनिक नेपाल २०७७ फागुन ११ गते १२:३०

काठमाडौं, ११ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आज मंगलबारदेखि शुरू हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गएको वर्ष चैत ५ गते स्थगन भएको थियो । आजदेखि शुरू हुने लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुने छ ।

पहिलो खेल १२ः १५ बजे तथा दोस्रो खेल दिउँसो ३ः ३० बजे हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित